२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेतमा कोरोना तीव्ररुपमा बढेपछि प्रशासनद्वारा १२ बुँदे आदेश जारी

अ+ अ-

सुर्खेत । सुर्खेतमा कोरोना संक्रमण तीव्र गतिमा बढेपछि जिल्ला प्रशासन कार्यालयले शनिबार राति १२ बजेदेखि ‘स्मार्ट लकडाउन’ सुरु गरेकाे छ ।

जिल्ला प्रशासनले जिल्लामा कोरोना संक्रमण फैलिन नदिन १२ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी आदेश जारी गरेको छ ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन उक्त आदेश जारी गरेको प्रशासनले एक विज्ञप्तिमार्फत जनाएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वयको सिफारिस एवं गृह मन्त्रालयको निर्णय बमोजिम आदेश जारी गरेको हाे ।

उक्त विज्ञप्तिमा भनिएको छ , ‘२५ जनाभन्दा बढी भेला हुन नपाइने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने, सार्वजनिक स्थलमा जाँदा तथा सेवा लिँदा माघ ७ देखि खोप कार्ड देखाउनु पर्ने, खोप कार्ड मोबाइलमा फोटो भए पनि मान्य हुनेछ भने आवश्यक कार्यक्रम सञ्चालन गर्नुपरे प्रशासनको अनुमति लिनुपर्नेछ, माघ १५ गतेसम्म सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहने छन् भने पूर्वनिर्धारित परीक्षाहरू भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने छ । सार्वजनिक सवारीले स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैनन् । सबै यात्रुहरुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने छ । मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउने र अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइजर गर्नुपर्नेछ ।’

जिल्ला भित्रका सरकारी, निजी स्वास्थ्य संस्था र स्थानीयहरूले विगतमा संचालन गरेका एमबुलेन्स, कोभिड १९ उपचार तथा आइसोलेशनलाई सुदृढगरी सञ्चालनमा ल्याउन दुरुस्त अवस्थामा राख्ने आदेशमा भनिएको छ ।