बैतडीको सुर्नया गाउँपालिकामा एम्बुलेन्स सञ्चालन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बैतडीको सुर्नया गाउँपालिकामा एम्बुलेन्स सञ्चालन


१ माघ २०७८, शनिबार


बैतडी । सुर्नया गाउँपालिकामा पनि एम्बुलेन्स सञ्चालनमा आएको छ ।

बैतडी क्षेत्र नं १ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट (आदित्य)ले स्वास्थ्य कार्यालयमार्फत एम्बुलेन्स खरिद गरिएको एम्बुलेन्स शुक्रबार हस्तान्तरण गरे ।

खरिद प्रक्रिया सुरु भएको झण्डै एक बर्षपछि एम्बुलेन्स ल्याइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

प्रदेशसभा सदस्य भट्टले प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गत आर्थिक बर्षमा एम्बुलेन्स खरिदका लागि १२ लाख उपलब्ध गराएका थिए ।

कोरोना महामारीका कारण एम्बुलेन्स खरीद प्रक्रियामा ढिलाई भएको बताइएको छ ।

उक्त गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीहरुलाई सास्ती हुँदै आएको थियो । स्थानीयवासीको मार्कालाई ध्यानमा राखेर आफूले उक्त कार्यक्रमअन्तर्गत एम्बुलेन्सका लागि बजेट उपलब्ध गराएको उनले बताए ।

एम्बुलेन्सको अभाबमा निजी सवारी साधनमा चर्को भाडा तिरेर आकस्मिक अवस्थाका बिरामीलाई अस्पताल लैजानु पर्ने बाध्यता अब अन्त्य भएको छ ।योसँगै जिल्लाका आठ स्थानीय तहसँग आफ्नै एम्बुलेन्स छन् ।

सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकामा मात्रै एम्बुलेन्स नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस