प्रदेश प्रमुख गुरुङद्वारा माघे सङ्क्रान्ति पर्वको शुभकामना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश प्रमुख गुरुङद्वारा माघे सङ्क्रान्ति पर्वको शुभकामना


१ माघ २०७८, शनिबार


गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख गुरुङद्वारा आज जारी शुभकामना सन्देशमा जातीय तथा धार्मिक–सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउने र नयाँ वर्ष मान्ने गरेको उल्लेख छ ।

मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धूमधामका साथ मनाउने गरेको उल्लेख गर्दै उनले हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बू, नेवार, गुरुङ, आदि सबै जातजातिले यस पर्वलाई आ–आफ्ना, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको बताएका छन् ।

तरुल, सखरखण्डजस्ता कन्दमूल तथा घ्यू, चाकु, तिलको लड्डु र खिचडीलगायतका परिकार खाई मनोरञ्जनपूर्वक खुसी साटासाट गरी मनाइने यस पर्वले हामी नेपालीबिच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पुर्‍याएको शुभकामना सन्देश उल्लेख छ ।

प्रदेश प्रमुख गुरुङले मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्घन गर्नु हामी सबैको दायित्व भएको बताउँदै यस पर्वले सम्पूर्ण नेपाली बिचमा बन्धुत्व र हार्दिकता कायम गर्दै सबै नेपालीबिच शान्ति, एकता, सद्भाव तथा सहिष्णुता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस