सरकारद्वारा ओमिक्रोन सङ्क्रमण रोकथाम आदेश जारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारद्वारा ओमिक्रोन सङ्क्रमण रोकथाम आदेश जारी


३० पुस २०७८, शुक्रबार


काठमाडौँ । सरकारले कोभिड-१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि माघ मसान्तसम्म लागू हुने गरी आदेश जारी गरेको छ ।

सिंहदरवारमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको सङ्क्रमण फैलिन नदिन  ‘कोभिड-१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश ०७८’ आदेश जारी गरेको हो ।

एक महिनाका लागि जारी आदेशमा यसअघि कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रबाट सिफारिस भएका विषयहरू नै समेटिएको एक मन्त्रीले प्रशासनसँग बताए । 

माघ मसान्तसम्म सार्वजनिक स्थलमा भिडभाड गर्न नपाइने, आमसभा, जुलुस र सभा सम्मेलन गर्न नपाइने, सपिङ मल, डिपार्टमेन्ट स्टोरहरूमा एक पटकमा २५ जनाभन्दा बढी मान्छेहरूको भीड नहुने गरी सञ्चालन गर्नुपर्ने तथा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्नेलगायत विषय आदेशमा समेटिएका छन् ।

बैठकले पूर्वनिर्धारित विश्वविद्यालय र जनशक्ति भर्नासम्बन्धी परीक्षाहरू स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने, तर नियमित पठनपाठनलाई भने भर्चुअल माध्यमबाट सञ्चालनका लागि प्रोत्साहित गर्ने निर्णयसमेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस