२४ घण्टामा ५०८७ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा ५०८७ जनामा कोरोना संक्रमण पुष्टि


३० पुस २०७८, शुक्रबार


काठमाडोँ । पछिल्लो २४ घण्टामा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ ।

अहिलेसम्म्को कूल मृतकको संख्या ११६१३ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार ३०६ जनाले कोरोना जितेका छन् भने १८ हजार २३ सक्रिय संक्रमित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस