भारतको जलपाइगुडीमा रेल दुर्घटना , ९ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतको जलपाइगुडीमा रेल दुर्घटना , ९ जनाको मृत्यु


३० पुस २०७८, शुक्रबार


काठमाडौँ । भारत पश्चिम बङ्गालको जलपाइगुडी जिल्लामा रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । ३६ जना घाइते भएका छन् ।

गुवाहटी–बिकानेर एक्सप्रेसको रेल हिजो (बिहीबार) साँझ दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको केन्द्रीय मन्त्री जोन बालरालाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।

घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार जारी छ । सकुशल रहेका अन्य यात्रुहरुलाई अर्को रेलको व्यवस्था गरी गुवाहटी पठाइएको छ ।

रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् । घटनाको उच्चस्तरीय जाँच सुरु गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस