ग्यासको मूल्य वृद्धिको विरुद्ध लेबनानका राजमार्ग अवरुद्ध « प्रशासन
Logo ५ माघ २०७८, बुधबार
   

ग्यासको मूल्य वृद्धिको विरुद्ध लेबनानका राजमार्ग अवरुद्ध


३० पुस २०७८, शुक्रबार


बेरुत । लेबनानमा ग्यासको मूल्य वृद्धिको विरुद्धमा मुख्य राजमार्गहरूमा यातायात सेवा अवरुद्ध गरिएको छ ।

ट्याक्सी र मिनि बसका चालकहरूले राजधानी बेरुत र महत्त्वपूर्ण सहरहरूमा आवतजावत गर्ने मुख्य राजमार्गहरू अवरुद्ध गरेका हुन् ।

ग्यासको मूल्य वृद्धि हुँदा अन्य क्षेत्रको समेत महँगी बढेकाले मूल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने उनीहरूको माग छ ।

साथै देशको आर्थिक अवस्थामा समेत सुधार हुन नसकेकाले सरकारले अर्थतन्त्र सुधारका कार्यक्रमहरू ल्याउनुपर्नेमा समेत उनीहरूले जोड दिएका छन् ।

पटकपटक विभिन्न आन्दोलन गर्दै आइरहेका ट्याक्सी तथा मिनि बस चालकहरूले स्थानीय समयअनुसार बिहीबार बिहान ५ बजेदेखि बिहान १० बजेसम्म देशभरका मुख्य मुख्य सडकहरूमा यातायात अवरुद्ध गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस