२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार दिनभित्र होल्डिङ सेन्टर सञ्चालनमा ल्याउँछौँ : मुख्यमन्त्री राई

अ+ अ-

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी चार दिनभित्रमा विराटनगर जुटमिलभित्र निर्माणाधीन होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने बताएका छन् ।

मुख्यमन्त्री राईले आज विराटनगर सीमा क्षेत्र रानी र होल्डिङ सेन्टरको अनुगमन तथा निरीक्षण पश्चात् चार दिनभित्र होल्डिङ सेन्टर सञ्चालनमा ल्याउन निर्देशनसमेत दिए ।

जुटमिलभित्र प्रदेश सरकारको लगानीमा नेपाली सेनाको नेतृत्वमा निर्माणाधीन एक हजार शय्यामध्ये तत्काल चार दिनभित्र १०० र आगामी १५ दिनभित्रमा २०० शैयया सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

उनले होल्डिङ सेन्टरमा विद्युत् र पानीको व्यवस्था गरी शौचालयको व्यवस्था गर्न निर्देशन दिए । कोरोना नियन्त्रण तथा समुदायमा सङ्क्रमण फैलिन नदिन अविलम्ब कदम चाल्नुपर्ने उनले आवश्यकता औँल्याए ।

मुख्यमन्त्री राईले होल्डिङ सेन्टर निर्माण गर्नका लागि रकमको अभाव हुन नदिने प्रस्ट पार्दै जनताको स्वास्थ्य सुरक्षाप्रति सरकार गम्भीर रहेको उल्लेख गरे ।

प्रदेशका सम्पूर्ण सीमा क्षेत्रमा आवागमन व्यवस्थित गरिने, खोप कार्डमार्फत दुवै देशका जनतालाई सीमा क्षेत्रमा आवागमन गराइने, भारतीय क्षेत्रबाट आउने सबैलाई एन्टिजेन परीक्षणको व्यवस्था गर्ने तथा भारतीय क्षेत्रका सम्बन्धित निकायसँग समन्वय गरी कोरोना नियन्त्रणमा क्रियाशील रहने मुख्यमन्त्री राईले बताए । सीमा बन्द गर्ने अधिकार सङ्घीय सरकारको भएको उनको भनाइ थियो ।

उनले भने, ‘खोप लगाउन अभियान सञ्चालन गर्न राजनीतिक दल, तिनका भातृ सङ्गठन र नागरिक समाजलाई सक्रिय पारिनेछ ।’

सीमा निरीक्षणका क्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सीमा क्षेत्रमा आवागमन व्यवस्थित गरिने बताए । सामाजिक विकासमन्त्री जयराम यादवले सीमा क्षेत्रमा रहेका हेल्प डेस्कमा कोरोना परीक्षणमा पोजेटिभ देखिएकालाई स्थानीय निकायको सहयोगमा होल्डिङ सेन्टरसम्म पुर्‍याउने बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले होल्डिङ सेन्टर तत्काल निर्माण सम्पन्न गर्ने र अन्य विपद्का समयमा समेत यसको प्रयोग गरिने बताए ।

जुटमिलभित्र रु २८ करोडको लागतमा होल्डिङ सेन्टर निर्माण भइरहेको छ । यसका लागि हालसम्म रु १६ करोड निकासा भइसकेको छ । विराटनगर रानीस्थित हेल्प डेक्समा बुधबारसम्म ६९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

निरीक्षण एवं अवलोकनका क्रममा प्रदेशका प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख एवं प्रदेशका उच्च पदस्थ कर्मचारी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस