आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक अनिश्चित « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक अनिश्चित


२९ पुस २०७८, बिहिबार


काठमाडौँ । मन्त्रीहरूमा कोरोना संक्रमण भएपछि आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक पनि अनिश्चित भएको छ ।

केही मन्त्री संक्रमित भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद बैठक अनिश्चित भएको हो । गत सोमबार पनि बैठक बस्न सकेको थिएन ।

प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘केही मन्त्रीहरूमा कोरोना संक्रमण भएको छ, केही कन्ट्रयाक ट्रेसिङमा हुनुहुन्छ । त्यसैले आज पनि मन्त्रिपरिषद बैठक बस्ने सम्भावना छैन । प्रधानमन्त्रीज्यु पनि कन्ट्रयाक ट्रेसिङमा हुनुहुन्छ । आज बिहीबार पीसीआर गरेपछि बल्ल थाहा हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस