अदालतले आदेश दियो -नेपाल बङ्गलादेश बैङ्कको शेयर विनोद चौधरीलाई बिक्री नगर्नु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अदालतले आदेश दियो -नेपाल बङ्गलादेश बैङ्कको शेयर विनोद चौधरीलाई बिक्री नगर्नु


२८ पुस २०७८, बुधबार


नेपाली काँग्रेस

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नेपाल बङ्गलादेश बैङ्कको शेयर उद्योगी विनोद चौधरीलाई तत्काल बिक्री गर्न रोक लगाएको छ ।

सनराइज बैङ्कका अध्यक्षसमेत रहेका व्यापारी मोतीलाल दुगडले सो बैङ्कको शेयर किन्न आफूसँग करार गरी काम अगाडि बढिसकेको भन्दै चौधरीलाई बिक्री गर्न रोक लगाउन माग गर्दै अदालतमा मुद्दा हालेका थिए । सो मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश रामचन्द्र पौडेलको इजलासले विपक्षीबाट लिखित जवाफ नआएसम्मका लागि शेयर खरिद बिक्री नगर्न आदेश दिएको हो ।

दुगडले नेपाल बङ्गलादेश बैङ्कको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता शेयर १५७ रुपैयाँका दरमा खरिद गर्न ३१ मार्च २०२१ मा आफूले राखेको प्रस्ताव नेपाल बङ्गलादेश बैङ्कले २ अप्रिल २०२१ मा स्वीकार गरी प्रक्रिया अघि बढिसकेको दाबी गरेका छन् ।

अदालतले नेपाल बङ्गलादेश बैङ्कलाई उक्त सेयर दुगडलाई बिक्री नगर्नुको लिखित जवाफ ७ दिनभित्र पेस गर्न पनि आदेश दिएको छ ।

बङ्गलादेशको बैङ्क आईसीएसफसीको लगानी रहेको नेपाल बङ्गलादेश बैङ्कमा सो लगानी बिक्री गरेर बङ्गलादेश फर्कन लागेको आईसीएफसी बैङ्कले चौधरी समूहका अध्यक्ष विनोद चौधरीलाई शेयर बिक्री गर्ने तयारी गरेको थियो ।

चौधरी आईसीएफसी बैङ्कको नाममा रहेको एनबी बैङ्कको शेयर खरिद गरी नविल बैङ्कसँग मर्ज गराउने तयारी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस