तत्कालीन कार्यकारी निर्देशक दाहालमाथि कारबाही गर्न अख्तियार र प्रहरीलाई पत्राचार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

तत्कालीन कार्यकारी निर्देशक दाहालमाथि कारबाही गर्न अख्तियार र प्रहरीलाई पत्राचार


२८ पुस २०७८, बुधबार


काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहालमाथि छानबिन गर्न कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीलाई पत्राचार गरेको छ ।

नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको भवन र जमिन क्याफ्टेरिया सञ्चालनका लागि बतास समूहलाई ठेक्कामा दिएसँगै बतास समूहले नयाँ संरचना बनाएपछि विवाद बाहिर आएको थियो । मन्त्रालयले गरेको छानबिनका क्रममा दाहालले प्रदत्त अधिकारभन्दा बढी विषय समावेश गरेको सम्झौता गरेको पाइएसँगै उनलाई कारबाहीका लागि प्रक्रिया अघि बढाइएको हो । 

बतास समूहले सम्झौताभन्दा बढी करिब १४ रोपनी भूभागमा संरचना निर्माण गर्दा पनि दाहालले नारायणहिटी सङ्ग्रहालय परिसरको सम्पत्तिको संरक्षण र सम्वर्द्धनको जिम्मेवारी पूरा नगरेको छानबिन समितिको ठहर छ ।

छानबिन समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट मंगलबार दाहालले कार्यकारी निर्देशकबाट राजीनामा दिएका छन् । तर मन्त्रालयले भने उनको राजीनामा स्वीकृत नगर्दै छानबिन समितिको सिफारिसका आधारमा फौजदारी कसुरमा अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीलाई तथा मिलेमतोमा ठेक्का लगाएको र अधिकार क्षेत्रभन्दा बाहिर गरेर सम्झौता गरेको विषयमा दाहालमाथि अनुसन्धान गरी कारबाही गर्न अख्तियारलाई पत्राचार गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस