बोलिभियाका उपराष्ट्रपति सहित छ जना मन्त्री कोरोना सङ्क्रमित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बोलिभियाका उपराष्ट्रपति सहित छ जना मन्त्री कोरोना सङ्क्रमित


२८ पुस २०७८, बुधबार


लापाज । बोलिभियाका उपराष्ट्रपति र छ जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । उपराष्ट्रपति डेभिड चोक्वेहुअन्कासहित छ मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा सङ्क्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरुको उपचार भइरहेको उल्लेख गरिएको छ ।

उनीहरु मध्ये मन्त्रीहरु सबैले कोरोनाभाइरसविरुद्धको दोस्रो मात्रा खोप समेत लगाइसकेका थिए भने उपराष्ट्रपति डेभिडले पहिलो खोप मात्रै लगाएका थिए । ‘उहाँहरु सबैको अवस्था स्थिर र सामान्य नै रहेको छ र सबै जना आइसोलेसनमा बस्नु भएको छ,’ वक्तव्यमा लेखिएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार बोलिभियामा अहिलेसम्म छ लाख ८६ हजार २३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । त्यसै गरी कोरोनाका कारण १९ हजार ९९९ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस