ट्याक्टरको ठक्करबाट एक जना विद्यार्थीको घटनास्थलमै मृत्यु « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

ट्याक्टरको ठक्करबाट एक जना विद्यार्थीको घटनास्थलमै मृत्यु


२८ पुस २०७८, बुधबार


विराटनगर । आज बिहान मोरङको उर्लाबारी नगरपालिका–३ सोल्टीपुलमा ट्याक्टरको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उर्लाबारी नगरपालिका ७ नेपाल दर्शन कलेजका विद्यार्थीका २१ वर्षीय निश्चल बानियाँ रहेका छन् ।

बानियाँले चलाएको प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाइकललाई बिहान ६ बजे को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट बानियाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरसहित चालक मोहन तामाङलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस