चीनबाट झन्डै १२ लाख डोज भेरोसेल खोप काठमाडौँ आइपुग्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चीनबाट झन्डै १२ लाख डोज भेरोसेल खोप काठमाडौँ आइपुग्यो


२७ पुस २०७८, मंगलबार


काठमाडौँ । चीनबाट कोभिडविरुद्धको झन्डै १२ लाख डोज भेरोसेल खोप आज (मंगलबार) काठमाडौँ आइपुगेको छ ।

एसियाली विकास बैङ्कको ऋण सहयोगमा भेरोसेलको ११ लाख ८४ हजार मात्रा खोप आएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागका आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार नेपालले अहिलेसम्म भेरोसेल, कोभिसिल्ड, अस्ट्राजेनेका, फाइजर, मोर्डना, जोनसनसहितको चार करोड ३ लाख ८७ हजार ९२७ मात्रा खोप प्राप्त गरेको छ ।

सरकारले खोप अभियान सुरु भएदेखि अहिलेसम्म दुई करोड ६४ लाख पाँच हजार २१० मात्रा खोप लगाएको छ । जसमा लक्षित समूहले ७६.२ प्रतिशतले एक मात्रा र ५६.४ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

कूल जनसंख्याको ४९.९ प्रतिशतले एक मात्रा र ३७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । सरकारले माघ दोस्रो सातादेखि बुस्टर डोज अभियान सुरु गर्ने तयारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस