कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन आह्वान « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन आह्वान


२७ पुस २०७८, मंगलबार


कर्णाली । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले भोलि पुस २८ गतेका लागि अधिवेशन आह्वान गरेको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको नवौँ अधिवेशन आह्वान गर्ने निर्णय भएअनुसार पुस २८ गतेका लागि दिउसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत मदन खड्काले जानकारी दिए ।

उनी अनुसार कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यलाई सूचना गरिएको छ ।

यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको विश्वासको मत लिने प्रयोजनका लागि गत मङ्सिर १४ बोलाइएको बैठक प्रतिपक्षी दल नेकपा (एमाले) उपस्थिति नभएका कारण यसको भोलिपल्ट मङ्सिर १४ गते प्रदेशसभा बैठक बसालिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस