कर्णाली लोकसेवा आयोगले खुलायो स्थायी पदपूर्तिका लागि विज्ञापन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कर्णाली लोकसेवा आयोगले खुलायो स्थायी पदपूर्तिका लागि विज्ञापन


२७ पुस २०७८, मंगलबार


कर्णाली । कर्णाली प्रदेश लोकसेवा आयोगले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।

आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन आह्वान गरेको हो ।

प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समूहका अप्राविधिक÷प्राविधिकतर्फको विज्ञापन प्रकाशित गरेको हो । प्राविधिक पाँचौं तहको खुलातर्फ ६८, महिलातर्फ १८ र आदिवासी जनजातीतर्फ ६ जनाका लागि विज्ञापन गरिएको छ । यस्तै, अप्राविधिकतर्फ सव–ईन्जिनियर ५७, कृषिप्राविधिक ६२, पशु प्राविधिक ३७, हेल्थ असिस्टेन्ट ३०, स्टाफ नर्स २३ जनाकालागि विज्ञापन गरिएको हो । ​

Tags :
प्रतिक्रिया दिनुहोस