२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनमायाले विश्वमाझ नेपालको शिर उँचो बनाइन: मुख्यमन्त्री शाही

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीपुत्री सुनमाया बुढाले विश्वमाझ नेपालको शिर उँचो बनाएको बताएका छन् ।

बुढालाई कर्णाली प्रदेशमा गरिएको अभिनन्दन कार्यक्रमका क्रममा मुख्यमन्त्री शाहीले बुढाको उच्च प्रशंसा गरेका हुन् ।

मुख्यमन्त्री शाहीले सन् २०२१ डिसेम्बर १२ मा थाइल्यान्डको उत्तरपश्चिममा पर्ने सबैभन्दा उच्च पर्वत डोर्ड इथानन्मा सम्पन्न ११० किलोमिटरको अल्ट्रा ट्रेल रेसअन्तर्गत महिला प्रतियोगीहरुमा विश्वमा प्रथम आएर बुढाले कर्णाली र नेपालका नामको संसारभर चिनाएको भन्दै खुसी व्यक्त गरे । सुनमायाको जीतले कणालीवासीको गर्वले छाती फुलेको उनको भनाइ थियो ।

बुढाले दुई हजार प्रतियोगी सहभागी रहेको उक्त रेसमा महिलामा प्रथम र पुरुषसहितको दौडमा तृतीय स्थान प्राप्त गरेकी थिइन् । ‘विश्वमा विकासमा सबैभन्दा पछि परेको देश नेपाल र नेपालमा अति नै पछि परेको कर्णालीले सुनमायाको जीतसँगै आज विश्वसामु आफ्नो इतिहास लेखाउन सफल भएको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘कर्णालीपुत्री बुढालाई हार्दिक बधाई छ । बुढाको सम्मानका लागि कर्णाली प्रदेश सरकारले दुई लाख छुट्याएको छ ।’

प्रदेश सरकारले खेल र खेलाडी प्रवद्र्धनमा जोड दिएको बताएका उनले नेपालमै भलिबल कभर्ड हलसहित सुर्खेतमा एक अर्ब ७० करोडको अत्याधुनिक रङ्गशाला निर्माणको कार्य तीव्ररुपमा अगाडि बढाइएको बताए ।

कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले विकट भूगोल सफलताको मानक बन्दो रहेछ भन्ने उदाहरण सुनमायाले देखाएको प्रतिक्रिया दिए । जुम्ली छोरी बुढाको योगदानको उच्च मूल्याङ्कन स्थानीय, प्रदेशसहित नेपाल सरकारले गर्नुपर्नेमा उपाध्यक्ष हमालले जोड दिए ।

कर्णाली प्रदेशका सदस्यसचिव विश्वामित्र सञ्ज्यालले कर्णाली प्रदेशको सान सुनमायाले नेपालको नाम उँचो राख्न सफल भएको बताए । सदस्यसचिव सञ्ज्यालले मुख्यमन्त्री शाहीसमक्ष हरेक वर्षको ओलम्पिक दिवसमा ‘काँक्रेविहार अल्ट्रा ट्रेल रेस’ प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव राखे । उनले भने, ‘कर्णाली क्षेत्र अल्ट्रा ट्रेल रेसको सम्भाव्य भूमि हो । यहाँको खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले विशेष जोड दिनुपर्दछ ।’

उद्योग वाणिज्य सङ्घ सुर्खेतका महासचिव लक्ष्मण कँडेलले सुनमायाको सफलताले नेपालको नाम विश्व इतिहासमा स्वर्णिम अक्षरले लेखिने बताए । सुनमाया जस्ता हिराहरु जन्माउने कर्णाली कमजोरी नभएको जिकिर गर्दै महासचिव कँडेलले खेल क्षेत्रको विकास र खेलाडीहरुको प्रोत्साहनका लागि निजी क्षेत्रबाट अपेक्षित सहयोग गर्ने प्रतिबद्धता गरे ।

पातारासी गाउँपालिका–२ जुम्ला पेरे गाउँ निवासी अल्ट्रा ट्रेल रेस विजेता २३ वर्षीय बुढाले जीवनका कठिन कर्मले मीठो फल मिल्ने अनुभूति व्यक्त गरिन् । ‘गाह्रो काममा मात्र नाम छ,’ बुढाले भनिन्, ‘गाह्रो कामले सिकाउने र जिताउने दुवै गर्दो रहेछ ।’ उनले स्वदेशी तथा विदेशी खेलाडीले प्रशिक्षण लिने खालको कर्णाली हाइअल्टिच्युड ट्रेनिङ सेन्टरको विकासमा जोड दिन मुख्यमन्त्री शाहीलाई अनुरोध गरिन् ।

प्रतिक्रिया दिनुहोस