सोमबार पनि बढ्यो सेयर बजार, ७ अर्ब बढिको कारोबार « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सोमबार पनि बढ्यो सेयर बजार, ७ अर्ब बढिको कारोबार


२६ पुस २०७८, सोमबार


शेयर बजार

काठमाडौँ । आज (सोमबार) पनि सेयर बजारको परिसूचक नेप्से बढेको छ । हिजो (आइतबार) ७३ अङ्कले बढेको नेप्से सोमबार भने १९.४३ अङ्कले बढेको हो । सो अङ्कको वृद्धिसँगै परिसूचक २७८४ अङ्कमा पुगेको छ । कारोबार रकम पनि उत्साहजनक देखिएको छ ।

दिनभर ७ अर्ब १२ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । यसअघि आइतबार ७ अर्ब १० करोडको कारोबार भएको थियो । कुल ७० कम्पनीको सेयर मूल्य घट्यो भने १११ को बढ्यो । ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

उपसमूहगत रुपमा हेर्दा यस दिन बैङ्किङ १५, होटल तथा पर्यटन ३७ र उत्पादन ४७ अङ्कले घटे । विकास बैङ्क ३७, फाइनान्स ७८, जलविद्युत ४०, जीवन बीमा २१८, माइक्रोफाइनान्स १२, निर्जीवन बीमा १९०, अन्य ११३ र व्यापार उपसमूह ५७ अङ्कले बढेका छन् । मध्य भोटेकोसी, युनियन हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैङ्कको मूल्य १० प्रतिशतले बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस