देउखुरीमा बस दुर्घटना हुँदा ९ जना घाइते « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

देउखुरीमा बस दुर्घटना हुँदा ९ जना घाइते


२६ पुस २०७८, सोमबार


दाङ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस आज बिहान साढे ३ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ५ दोलही खोला नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा ९ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । घाइतेहरुलाई लमहीमा प्राथमिक उपचार गरी थप उपचार गर्न बाँकेको नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस