सिरियाको सीमाक्षेत्रमा भएको विस्फोटमा परी टर्कीका तीन सैनिकको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सिरियाको सीमाक्षेत्रमा भएको विस्फोटमा परी टर्कीका तीन सैनिकको मृत्यु


२५ पुस २०७८, आइतबार


अंकारा । सिरियासँगको टर्कीको सीमामा शनिबार भएको बम विस्फोटमा परी तीन टर्की सैनिकको मृत्यु भएको यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

दक्षिणपूर्वी सानलिउर्फा सहरको अक्काकाले जिल्लाको सीमारेखामा आतङ्ककारीहरूले राखेका विस्फोटक पर्दाथ विस्फोटमा परी तीन सैनिकहरू मारिएका मन्त्रालयले जनाएको छ ।

सिरियाको उत्तरी सीमावर्ती सहर ताल अब्यादबाट एक सैन्य गाडी गुज्रिरहेको बेला विस्फोट भएको स्थानीय डेमिरोरेन समाचार एजेन्सी (डीएचए) ले जनाएको छ । टर्कीका सेना र यस क्षेत्रका वाईपीजी सदस्यहरूबीच सिरियाली सीमामा प्रायः गोलाबारी हुने गरेको पाइन्छ ।

टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घद्वारा आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध गरिएको पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध विद्रोह गर्दै आएका र यसैक्रममा ४० हजार भन्दा बढीको ज्यान लिइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस