काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले आगामी २७ पुसबाट सुरु गर्ने भनेको समानान्तर अभियान स्थगित गरेका छन् ।
राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यबाट प्राप्त भएको सुझाव तथा कोरोना महामारीलाई ध्यानमा राखेर अभियान स्थगित गरेको थापाको भनाइ छ ।
महाधिवेशनमा अध्यक्षको चुनाव हारेपछि थापाले एकता दिवसको अवसर पारेर ‘राष्ट्रिय एकता अभियान’ सुरु गर्ने तयारी गरेका थिए । तर, पार्टीमा उनकै पक्षधरले पनि अभियानमा साथ नदिएपछि थापाले हाललाई स्थगित गरेका हुन् ।