पछिल्लो २४ घण्टामा थप ११६७ जनामा कोरोना सङ्क्रमण ,२ जनाको मृत्यु « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

पछिल्लो २४ घण्टामा थप ११६७ जनामा कोरोना सङ्क्रमण ,२ जनाको मृत्यु


२५ पुस २०७८, आइतबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज (आइतबार) पिसिआर परीक्षणबाट ८४१ र एन्टिजेन परीक्षणबाट ३२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

आइतबार देशभर ६ हजार ७ सय ५५ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाले ज्यान गुमाएका छन् ।

काठमाडौँ उपत्यकामा आइतबार ६१५ जना नयाँ सङ्क्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौँमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना थपिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस