कोरोना संक्रमण बढेपछि ललितपुर र भक्तपुरका सीडीओ छुट्टाछुट्टै बैठक बस्दै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कोरोना संक्रमण बढेपछि ललितपुर र भक्तपुरका सीडीओ छुट्टाछुट्टै बैठक बस्दै


२५ पुस २०७८, आइतबार


काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौँ उपत्यकामा स्वास्थ्य सतर्कता र पूर्वतयारीका काम अघि बढाउने तयारी थालिएको छ ।

स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने, खोप कार्यक्रमलाई तीव्रता दिने र स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्ने गरी तयारी थालिएको हो ।

जिल्लामा आ–आफ्नो ढंगले गर्नुपर्ने कामको तयारीका लागि ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज सर्वपक्षीय बैठक बोलाएका छन् ।

छुट्टाछुट्टै छलफल गरेपछि तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेर आवश्यक निर्णय लिइने छ । संयुक्त बैठक सकेसम्म आज नभए भोलि बस्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस