जनताको विश्वासलाई धोका दिन्न : सभामुख सापकोटा « प्रशासन
Logo १ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जनताको विश्वासलाई धोका दिन्न : सभामुख सापकोटा


२५ पुस २०७८, आइतबार


सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने छ भने ।

सभामुख सापकोटाले भने, ‘तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु । राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ, तपाईँको यो विश्वास र भरोसालाई धोका दिने छैन।’

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

कार्यक्रमका सहभागीले बक्ताले महिलाद्वारा सञ्चालित सो सहकारी जिल्लामै उदाहरणीय रहेको जनाउँदै अझ प्रगतिको कामना गरेका थिए ।

सो कार्यक्रममा सहकारीका अध्यक्ष देवकी न्यौपानेले वार्षिक प्रतिवेदन पेश गरेका थिए । सभामुख सापकोटाले बलेफी –३ फुल्पिङ्कोटमा फुल्पिङ्कोट स्वास्थ्यचौकी भवनको शिलान्यास गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस