ट्याक्सी भाडामा वृद्धि, न्यूनतम ६० रुपैयाँ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

ट्याक्सी भाडामा वृद्धि, न्यूनतम ६० रुपैयाँ


२४ पुस २०७८, शनिबार


ट्याक्सी_taxy

काठमाडौँ । काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा ट्याक्सी भाडा बढेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशले मन्त्री स्तरको निर्णयबाट ट्याक्सी भाडा बढाएको हो ।

निर्णयअनुसार अब काठमाडौँ उपत्यकामा ट्याक्सीको न्यूनतम भाडा ६० रुपैयाँ कायम गरिएको छ । ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको सुरु फ्लाग डाउन ६० रुपैयाँ हुने परिमार्जित भाडा दरमा उल्लेख छ । त्यसपछि प्रत्येक २०० मिटरको यात्रापछि ९ रुपैयाँ ८० पैसाका दरले भाडा थप लाग्नेछ ।

निर्णयमा ट्याक्सीहरूले अब पूर्ण रूपमा मिटर प्रयोग गर्नुपर्ने भनिएको छ । त्यस्तै ट्याक्सी प्रयोग गर्नेवित्तिकै सेवाग्राहीलाई सवारी साधनको नम्बर, चालकको नम्बरसहितको विवरण अङ्ग्रेजी र नेपालीमा भएको भिजिटिङ कार्ड दिनुपर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस