आज देशका केहि स्थानमा वर्षाको सम्भावना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज देशका केहि स्थानमा वर्षाको सम्भावना


२४ पुस २०७८, शनिबार


काठमार्डौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको जनाएको छ ।

प्रदेश नं १ र प्रदेश नं २ मा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका केहि भू–भागमा हुस्सु तथा कुहिरो लागेको छ।

यस्तै शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ।

यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ।

यस्तै राति पनि सुदूर पश्चिम, कर्णाली र बागमती प्रदेशहरूमा सामान्य बदली रही प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ।

सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना पनि रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस