२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागु औषधसहित दुई पक्राउ

अ+ अ-

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–६ बनैनिया बरदाही जाने भित्रि सडक खण्डबाट प्रहरीले आज ठूलो परिमाणमा लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको विष्णुपुर गाउँपालिका-४ का २३ वर्षीय श्यामकुमार यादव र तिलाठी कोईलाडी गाउँपालिका-८ का २० वर्षीय परमानन्द महतोलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

उनीहरूका साथबाट ४०८ क्याप्सुल एपिएम प्रोक्सिभन, चार बोतल डाइलेक्स डिसी र चार ट्याब्लेट नाइट्राभेट-१० बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

पक्राउ परेका आरोपित लागु औषधसहित भारतबाट नेपालतर्फ साइकलमा आइरहेका बेला पक्राउ परेका हुन् । बनैनिया बरदाही जाने भित्रि सडक खण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले जाँच गर्दा साइकल चालक यादवले बोकेको कालो रङको झोलाभित्र अवैध लागु औषध फेलापरेको प्रहरीले जनाएको छ । प्रहरीले साइकल पछाडि सवार महतोसमेतलाई नियन्त्रणमा लिएको छ । पक्राउ दुवै जनालाई लागु औषध शीर्षकमा उजुरी दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रनाउ काफ्लेले बताए ।