पुस २५ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभा बैठक दुई दिन पछि सर्यो « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पुस २५ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभा बैठक दुई दिन पछि सर्यो


२३ पुस २०७८, शुक्रबार


काठमाडौँ । यही पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश उक्त दिन नहुने भएको छ ।

बैठक यही पुस २७ गते मङ्गलबार अपराह्न १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम (६) बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त बैठक निर्धारण गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस