आजको मौसम : सबै प्रदेशमा वर्षा, हिमाली र उच्च पहाडमा हिमपात « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आजको मौसम : सबै प्रदेशमा वर्षा, हिमाली र उच्च पहाडमा हिमपात


२३ पुस २०७८, शुक्रबार


काठमाडौँ । आज (शुक्रबार) बिहानैबाट देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ र प्रदेश २ का एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

वर्षा तथा हिमपातको सम्भावना रहेकाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्नेभन्दै विभागले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस