अर्थतन्त्रको आधार सहकारी : मुख्यमन्त्री पोखरेल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अर्थतन्त्रको आधार सहकारी : मुख्यमन्त्री पोखरेल


२२ पुस २०७८, बिहिबार


गलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अर्थतन्त्रको आधार सहकारी भएको बताएका छन् ।

सहकारीलाई समेटेर बनेको नेपालको एक मात्र बैङ्क राष्ट्रिय सहकारी बैङ्कको गण्डकी प्रदेशस्तरीय १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रका विभिन्न आधारमध्ये सहकारी पनि महत्त्वपूर्ण रहेको उल्लेख गरेका हुन् ।

सहकारीको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पोखरेलले पर्यटन, जलविद्युत्, उद्योग, व्यापारलगायत क्षेत्रमा सहकारीले लगानी बढाउँदै गएमा अर्थतन्त्रमा टेवा पुर्‍याउन सकिने जानकारी दिए ।

उनले प्रदेश सरकारले सहकारीलाई रचनात्मक ढङ्गले सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस