२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनको समन्वय समिति

अ+ अ-

काठमाडौँ । सत्तारुढ गठबन्धनले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रचारप्रसार र व्यवस्थापनका लागि समन्वय समिति बनाउने भएको छ ।

सत्तारुढ पाँच दलीय उच्चस्तरीय संयन्त्रको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा छलफल भएको र गठबन्धनका तर्फबाट प्रचार र व्यवस्थापनका लागि सातै प्रदेशमा पाँचै दलका प्रतिनिधिसहितको समन्वय समिति बनाएर अघि बढ्ने निर्णय भएको नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले जानकारी दिए । सो निर्वाचनमा गठबन्धनले यसअघि नै साझा उम्मेदवारी तय गरी उम्मेदवारको मनोनयन पत्र दर्ता गरिसकेको छ ।

यसै गरी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका सम्बन्धमा छलफल भएको थियो । बैठकमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिको अवस्थाबारेसमेत कुरा भएको थियो ।

नेपाली काँग्रेसका तर्फबाट संयन्त्रका संयोजक वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री जनार्दन शर्मा, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव भुसाल, जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, पार्टी अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस