प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित


२२ पुस २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ ।

भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण पनि स्थगित भएको हो ।

जनवरी १०–१२ सम्म जगुरातमा आयोजना हुने सम्मेलनमा सहभागिताका लागि भारत सरकारले प्रधानमन्त्री देउवालाई निम्तो आएको थियो । जनवरी ९ तारिख अर्थात पुस २५ गते देउवा काठमाडौँबाट सिधै गुजरात जाने कार्यक्रम थियो ।

सम्मेलन स्थगित भएको जानकारी आएपछि भ्रमण स्थगितको औपचारिक निर्णय हुनेछ । गुजरात सम्मेलनका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम तय भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस