भारतमा ओमिक्रोनबाट एक जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतमा ओमिक्रोनबाट एक जनाको मृत्यु


२२ पुस २०७८, बिहिबार


नयाँ दिल्ली । भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ ।

भारतको राजस्थानमा एक जनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधबार जनाएको छ ।

ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका क्रममा रहेका पनि सो मन्त्रालयले जनाएको छ । यो नै भारतमा ओमिक्रोनबाट भएको पहिलो मृत्यु हो । भारतमा अहिलेसम्म २ हजार १३५ जना सङ्क्रमित भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस