मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


२२ पुस २०७८, बिहिबार


धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–५ का ३६ वर्षीय मेघलाल चौधरी रहेको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–६ गुलरामा रा १ क ११३० नम्बरको क्रेनसँग से ४ प ६०२१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

प्रहरीका अनुसार सुरुमा मोटरसाइकलले पैदलयात्री ६२ वर्षीय भवान सिंह भाटलाई ठक्कर दिएको थियो त्यसपछि अनियन्त्रित भएर विपरीत दिशाबाट आइरहेको क्रेनसँग ठोक्किएको थियो ।

दुर्घटनामा परेर पैदलयात्री भाट घाइते छन् । उनको लालरत्न अस्पताल लम्कीमै उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस