काठमाडौँ मेडिकल कलेजका विद्यार्थी आन्दोलित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ मेडिकल कलेजका विद्यार्थी आन्दोलित


२२ पुस २०७८, बिहिबार


काठमाडौँ । काठमाडौँ मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबार प्रदर्शन गरेका छन् ।

अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीलगायतसँगै विद्यार्थी र अभिभावकले प्रदर्शन गरेका हुन् ।

अतिरिक्त शुल्कको विरुद्धमा एक महिनादेखि सुरु भएको आन्दोलन अन्तर्गत विद्यार्थीले काठमाडौँ मेडिकल कलेज परिसर सिनामंगलमा चौथौ दिन पनि रिले अनशन जारी राखेका छन् ।

आन्दोलनमा सहभागीले अतिरक्त शुल्क माग्दा र रकम फिर्ता नहुँदासम्म आन्दोलन जारी रहने बताएका छन् ।

गृह मन्त्रालयले अतिरिक्त शुल्क माग्ने कलेजलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । काठमाडौँ मेडिकल कलेजका विद्यार्थीले जिल्ला प्रशासन काठमाडौँमा उजुरी दिएपछि बिहीबार प्रशासनले कलेज प्रशासन र विद्यार्थीलाई डाकेको छ ।

गृह मन्त्रालयले कारबाहीको निर्देशन दिए पनि कलेज सञ्चालकको राजनीतिक पहुँचका आधारमा प्रजिअले कारबाही प्रक्रिया अघि बढाउन नसकेको विद्यार्थी र अभिभावकको गुनासो छ । आयोगले सोधेको स्पष्टीकरणमा कलेजहरूले अतिरिक्त शुल्क नलिने प्रतिबद्धता जनाए पनि विद्यार्थीसँग मागिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस