पदाधिकारीका कारणले त्रिविको शैक्षिक गुणस्तर खस्क्यो : पूर्वउपकुलपतिहरू « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पदाधिकारीका कारणले त्रिविको शैक्षिक गुणस्तर खस्क्यो : पूर्वउपकुलपतिहरू


२१ पुस २०७८, बुधबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पूर्वउपकुलपतिहरूले त्रिविको शैक्षिक गुणस्तर खस्किनुमा विश्वविद्यालयका पदाधिकारी र प्राध्यापक जिम्मेवार रहेको आरोप लगाएका छन् ।

त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएसनको आज कीर्तिपुरमा भएको तेस्रो वार्षिक साधारणसभाका क्रममा पूर्वउपकुलपतिहरू महेशनाथ उपाध्याय, केदारभक्त माथेमा र डा. तीर्थराज खनियाँले विश्वविद्यालयको हितका लागि पदाधिकारीले अडान लिन नसकेका कारण शैक्षिक गुणस्तर खस्केको आरोप लगाए ।

उनीहरुले अहिले पनि शैक्षिक उन्नयनको बाटोमा लैजानका लागि विश्वविद्यालयका पदाधिकारीलाई खबरदारी गर्ने र विकृति विसङ्गतिविरुद्ध आवाज उठाउने काम एलुम्नाई एशोसिएसनले गर्नुपर्ने बताए । कार्यक्रममा एशोसिएसनका अध्यक्ष सुनीति हा.डा., प्राध्यापक डा. सुदर्शनराज तिवारी, प्रा. डा. रामप्रसाद खतिवडा, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठलगायतले विश्वविद्यालयमा अनुसन्धानको कार्य कम भएको र बजारका लागि आवश्यक जनशक्ति उत्पादन हुन नसकेको बताए । त्रिविका पूर्वविद्यार्थीको सङ्गठनका रुपमा एशोसिएसन २०७४ सालमा स्थापना भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस