प्रधानमन्त्री देउवाले गरे विकास निर्माणबारे सचिवहरूसँग छलफल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउवाले गरे विकास निर्माणबारे सचिवहरूसँग छलफल


२१ पुस २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वन सम्वन्धमा नेपाल सरकारका सचिवहरूसँग छलफल गरेका छन् ।

आज (बुधबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री देउवाले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री भएपछि देउवाले पहिलोपटक सचिवहरूसँग छलफल गरेका हुन् । उनले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वनमा सचिवहरूलाई निर्देशन दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस