२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना सङ्क्रमणको असर : एक हजार बढी मुद्दा फछ्र्यौट हुन बाँकी

अ+ अ-

तनहुँ । जिल्ला अदालत तनहुँमा एक हजार ७७ मुद्दा फछ्र्यौट हुन बाँकी रहेका छन् ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञा कारण लामो समयसम्म बिदा हुँदा सो मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ ।

कोरोना सङ्क्रमणको जोखिम कम भएपछि मुद्दा फछ्यौटमा तिव्रता आएको छ । गत वर्षको जिम्मेवारी सरेर आएका ९५९ र नयाँ दर्ता भएका ६१७ गरी कूल एक हजार ५७६ मुद्दामध्ये ४९९ फछ्यौट भएको जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार ६ महिनाभित्रका ४१२, छ महिनादेखि बाह्र महिनाभित्रका २८७, बाह्र महिनादेखि अठार महिनाभित्रका १४४, दुई वर्ष नाघेका १३० र अठार महिनादेखि दुई वर्ष नाघेका १०४ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ । यसैगरी, ६ महिनाभित्रका २७१, छ महिनादेखि बाह्र महिनाभित्रका १०२, बाह्र महिनादेखि अठार महिनाभित्रका ३२, अठार महिनादेखि दुई वर्षभित्रका ४७ र दुई वर्ष नाघेका ४७ गरी ४९९ मुद्दा फछ्र्यौट भएको सो अदालतले जनाएको छ ।

पछिल्लो समयमा सम्बन्ध विच्छेदका मुद्दासमेत बढ्दै गएको सूचना अधिकारी गौतमले जानकारी दिए । रोजगारीको सिलसिलामा विदेशमा रहेका श्रीमान् स्वदेशमा आएपछि श्रीमान् श्रीमतीबीच सम्बन्धविच्छेद हुने गरेको उनको भनाइ छ ।

त्यसैगरी, जिल्लामा जबरर्जस्ती करणीका मुद्दा पनि अत्यधिक मात्रामा दर्ता हुने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस