झापाबाट ५.६ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

झापाबाट ५.६ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ


२१ पुस २०७८, बुधबार


झापा । प्रहरीले ५.६ ग्राम ब्राउनसुगरसहित दुई जनालाई झापाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-७ बस्ने २४ वर्षीय विनोद बस्नेत र सोही गाउँपालिका बस्ने १८ वर्षीय निखिल रेग्मी रहेका छन् ।

उनीहरुलाई हिजो (मंगलबार) दिउँसो प्रहरी चौकी पाठमारी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस