काजकिस्तानका राष्ट्रपतिद्वारा मन्त्रीपरिषद् विघटन गर्दै सङ्कटकाल घोषणा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काजकिस्तानका राष्ट्रपतिद्वारा मन्त्रीपरिषद् विघटन गर्दै सङ्कटकाल घोषणा


२१ पुस २०७८, बुधबार


अल्माटी । काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले मन्त्रीपरिषद् विघटन भएको घोषणा गरेका छन् ।

मध्य एसियाली मुलुक काजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उनले बुधवार मन्त्रीपरिषद् नै विघटन गरेका हुन् ।

विद्युतको मूल्य वृद्धि भएपछि त्यसको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनका कार्यक्रमहरु भइरहेका थिए । उनले देशको सबैभन्दा ठुलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त माङगीस्टाउमा सङ्कटकाल लागु गरिएको घोषणा पनि गरेका छन् ।

सङ्कटकाल लागू गरिएका दुवै सहर आन्दोलनकारीहरुको बढी प्रभाव रहेको सहर मानिन्छ । हजारौँ आन्दोलनकारीले सडकमा उत्रिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।

प्रधानमन्त्री अस्कर मामिनले दिएको राजीनामा राष्ट्रपति तोकायेभले स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्म उपप्रधानमन्त्री अलिखान स्माइलोभले जिम्मेवारी सम्हाल्ने भएका छन् ।

आन्दोलन दवाउनका लागि सरकारले मंगलबार अल्मातीमा अश्रुग्याँस प्रहार गरेको थियो । सरकारले घोषणा गरेको सङ्कटकाल यही जनवरी ५ देखि १९ सम्म कायम रहने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस