लिबियाका पूर्व उपप्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोप « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

लिबियाका पूर्व उपप्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोप


२१ पुस २०७८, बुधबार


त्रिपोली । लिबियाको पूर्व उपप्रधानमन्त्रीलाई भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

लिबियाको महान्यायाधिवक्ताको कार्यालयले पूर्व उपप्रधानमन्त्री अल साद्धिक अब्दुल्करी करिमलाई भ्रष्टाचार गरेको आरोप लगाएको हो । उनले आर्थिक अनियमितता गरेको र उनीमाथी अनुसन्धान भइरहेको पनि अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपतिका उम्मेदवार समेत रहेका करिमले आफू पदमा रहँदा न्यून गुणस्तरको सामग्रीलाई उच्च मूल्य तिर्ने गरी हस्ताक्षर गरेको पाइएको दाबी गरिएको छ ।

उनले कानुनको उलङ्घन र गलत प्रयोग गरेकाले उनीमाथी अनुसन्धान गरी कारबाही गर्न महान्यायाधिवक्ताको कार्यालयले माग गरेको छ । उनले राज्यलाई पाँच करोड अमेरिकी डलर नोक्सान गराएको महान्यायाधिवक्ताको कार्यालयले दाबी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस