दैलेखमा जिप दुर्घटना: चालककाे मृत्यु, ८ जना घाइते « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

दैलेखमा जिप दुर्घटना: चालककाे मृत्यु, ८ जना घाइते


२१ पुस २०७८, बुधबार


सुर्खेत । दैलेखको भगवतीमाई गाउँपालिकाको बेस्तडा बजारबाट जिल्ला सदरमुकाम जाँदै गरेको जिप दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा जिप चालक भगवतीमाई गाँउपालिका–६ स्थायी घर भई वडा नं १ मा बस्ने कृष्ण रोकायको मृत्यु भएको छ ।

सदरमुकामतर्फ जाँदै गरेको लु२च ४८२९ नम्बरको जीप नारायण नगरपालिका–११ मा आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । घाइते तीन जनालाई थप उपचारका लागि सुर्खेत पडाएको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस