काँग्रेसको १६ जिल्लाको निर्वाचन मिति तीन साता पर सर्‍यो, माघ १५ मा गर्ने निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेसको १६ जिल्लाको निर्वाचन मिति तीन साता पर सर्‍यो, माघ १५ मा गर्ने निर्णय


२१ पुस २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसले जिल्ला कार्यसमिति निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको निर्वाचन मिति तीन साता पर सारेको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिको आज (बुधबार) बसेको बैठकले पुस २७ गतेका लागि निर्धारित १६ जिल्लाको अधिवेशन तथा कार्यसमिति निर्वाचन माघ १५ गते गर्ने निर्णय गरेको हो ।

समितिका सचिव केशव रिजालद्वारा हस्ताक्षरित वक्तव्यमा माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गरी जिल्ला निर्वाचन सारिएको हो ।

अघिल्लो महिना केन्द्रीय महाधिवेशन गरेको काँग्रेसले विवादका कारण १६ जिल्लामा नेतृत्व चयन गर्न सकेको थिए । काँग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरको निर्वाचन गर्न बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस