कुपण्डोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कुपण्डोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते


२१ पुस २०७८, बुधबार


ललितपुर । ललितपुरको कुपण्डोलमा गएराति बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बा९५प ५३३४ नम्बरको मोटरसाइकल गएराति सवा एक बजे अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो ।

दुर्घटना एक जना घाइते भएका छन् । घाइते ललितपुर गोदावरी नगरपालिका–९ छम्पीका ३१ वर्षीय राजु तामाङको उपचारको क्रममा आज बिहान ३ बजे पाटन अस्पतालमा मृत्यु भएको हो ।

महाशाखाका अनुसार मोटरसाइकल चालकको भने महाँकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस