२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अक्षयकोषका लागि दमक नगरपालिकाले गर्‍यो तीन लाख सहयोग

अ+ अ-

झापा । नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि दमक नगरपालिकाले तीन लाख सहयोग गरेको छ ।

पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न र उनीहरूलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्ने उद्देश्यले स्थापना गरेको उक्त अक्षयकोष वृद्धिका लागि नगरपालिकाले सो रकम सहयोग गरेको हो ।

नगरपालिकाका उपप्रमुख गीता अधिकारीले सो रकम बराबरको चेक नारी सञ्चार गृहका अध्यक्ष भीमा सिवाकोटीलाई हस्तान्तरण गरिन् ।

उनले मोफसलमा रहेर काम गर्ने पत्रकारको चुनौती र समस्यासँग पौठेजोरी खेल्दै सञ्चार गृहमा आबद्ध महिला पत्रकारले समाज रूपान्तरणमा खेलेको भूमिका अतुलनीय रहेकाले उनीहरूले स्थापना गरेको अक्षयकोष वृद्धिका लागि सहयोग गरेको बताइन् ।

नारी सञ्चार गृह विसं २०६८ मा स्थापना भएको हो । संस्थाले पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न सङ्घसंस्थासँग मिलेर काम गर्दै आएको छ । संस्थामा ५० भन्दा बढी महिला आबद्ध छन् ।

तीन वर्षअघि अक्षयकोषको स्थापना गरिएको हो । अक्षयकोषको वृद्धिका लागि गृहमा आबद्ध पत्रकार महिलाले जन्मदिन, वर्षगाँठलगायत बापतको रकमसमेत जम्मा गर्दै आएको सिवाकोटीले बताइन् ।

अक्षयकोषका लागि कमल गाउँपालिकाले ५० हजार र अर्जुनधारा नगरपालिकाले एक लाख ५० हजार सहयोग गरेको छ । संस्थाका उपाध्यक्ष एवं कोषकी संयोजक रेजिना गौतमले चाँडै नै सोही रकमको ब्याजबाट पुरस्कार स्थापनाको तयारी गरिरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस