माओवादी केन्द्रको निर्वाचन कार्यतालिका तेस्रो पटक संशोधन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माओवादी केन्द्रको निर्वाचन कार्यतालिका तेस्रो पटक संशोधन


१८ पुस २०७८, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले निर्वाचन कार्यतालिका तेस्रो पटक संशोधन गरेको छ ।

केन्द्रीय समिति चयनका लागि उम्मेदवारी दर्ता आज (आइतबार) दिउँसो ४ बजेदेखि साढे ६ बजेसम्मका लागि तोकिएको छ ।

यसअघि दिउँसोबाट उम्मेदवारी दर्ताको समय निर्धारण भएको थियो । सहमति खोज्ने प्रयासका लागि भन्दै केही समय सारिएको हो ।

त्यसै गरी केन्द्रीय सदस्यका लागि मतदान भने भोलि (सोमबार) बिहान ८ बजेदेखि दिउँसो सवा १ बजेसम्म हुने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले बताएका छन् ।

यसअघिको माओवादीले शनिबार राति हुने भनिएको मनोनयन कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको थियो ।

माओवादीले शनिबार राति ८ बजेदेखि साढे १० बजेसम्म केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता र आइतबार बिहान साढे ११ देखि ४ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो ।

माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस