काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठक भोलि (सोमबार) दिउँसो बस्ने काँग्रेसले जनाएको छ ।
१४ औँ महाधिवेशनपछि काँग्रेसको नयाँ कार्यसमितिको दोस्रो बैठक बस्न लागेको हो । काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार दिउँसो दुई बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको बताए ।
काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक अघिल्लो शनिबार बसेको थियो ।