आज कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै


१८ पुस २०७८, आइतबार


काठमाडौँ । कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

सभामुख अग्निप्रसाद सापकोटाले बिहान ११ः३० बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसभन्दा अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

कार्यव्यवस्था परामर्श समितिमा सबै दलको प्रतिनिधित्व रहन्छ । बैठकमा नेकपा एमालेका प्रतिनिधि पनि सहभागी हुनेछन् ।

कार्यव्यवस्था परामर्श समिति बैठकमा एमाले पनि सहभागी हुने छ । तर, संसद बैठक सञ्चालन सम्बन्धमा एमालेले पुरानै माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस