२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्युनिष्ट आन्दोलनको मूलधार एकीकृत समाजवादी : अध्यक्ष नेपाल

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट आन्दोलनको मूलधार नै भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद् नेपालको एकता घोषणा कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा कम्युनिष्ट पार्टीसंस्थागत गर्ने क्रममा आफूले विसं २०३२ मा कोर्डिनेशन केन्द्र, विसं २०३५ मा माले, विसं २०४७ मा एमाले र अहिले एकीकृत समाजवादी गठन गर्दासम्म संस्थापन भूमिका निर्वाह गरेको जानकारी दिए ।

उनले पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएपछि जनाधिकारका लागि लामो सङ्घर्षपूर्ण यात्रा भएको स्मरण गरे । मुलुकको राष्ट्रिय स्वाधीनतालाई माथि उठाउन तथा लोकतान्त्रिक मूल्य मान्यतालाई रक्षा गर्न आफूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको बताउँदै उनले जनताको समस्या उनीहरुले भोग्नुपरेको पिर मर्कालाई केन्द्रमा राखेर कार्य गर्न समाजवादी चिन्तनको खाँचो औँल्याए ।

पूर्वप्रधानमन्त्री नेपालले आफ्नो पार्टीको मूल लक्ष्य ‘जनतादेखि जनतासम्म’ भएको प्रष्ट पार्दै उनीहरुको जनजीविकालाई सहज बनाउने र आर्थिक उन्नतिलाई प्राथमिकतामा राखेर कार्य गर्ने विषय नै ‘जनतादेखि जनतासम्म’को योजना भएको बताए ।

पार्टीका महासचिव बेदुराम भुसालले समान विचार भएका बामपन्थी शक्तिलाई एकीकृत गरी बलियो कम्युनिष्ट शक्ति निर्माणको अभियानमा आफू अगाडि बढेको विचार व्यक्त गरे । परिषद्का संयोजक साध्यबहादुर भण्डारीले उक्त पार्टीको घोषणपत्र वैज्ञानिक भएकाले आफू एकीकृत भएर जनअधिकारका साथै कल्याणकारी राज्य निर्माणमा योगदान गर्न चाहेको बताए । नेता गङ्गालाल तुलाधरले मुलुकमा वैदेशिक शक्तिको बढदो हस्तक्षेपले अहिलेको अस्थिरता आएको अवस्थामा बामपन्थीको एकता आवश्यक रहेको विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस