तमु ल्होसारले सबै नेपालीबीच आपसी सद्भाव बढाउने छ : मुख्यमन्त्री शाही « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तमु ल्होसारले सबै नेपालीबीच आपसी सद्भाव बढाउने छ : मुख्यमन्त्री शाही


१५ पुस २०७८, बिहिबार


कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले तमु ल्होसार पर्वले सबै नेपाली समुदायबीच आपसी विश्वास, सद्भाव, एकता र बन्धुत्वको भावना प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

गुरुङ समुदायको चाड तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले नेपालीबीच एकापसमा पारस्परिक सद्भाव र सहिष्णुताको भावना थप प्रगाढ राख्न पे्ररणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री शाहीले विविधताभित्रको एकता र सामाजिक सद्भाव नेपाली सांस्कृतिक पहिचानका उदाहरण भएको उल्लेख गर्दै नेपाल सरकारले यस पर्वका अवसरमा सार्वजनिक बिदा दिएकामा धन्यवाद व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा उनले कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना गरी हर्षोल्लासका साथ यो पर्व मनाउन अनुरोध गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस